Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ३१.३१ अंकले घट्यो


नेप्से परिसूचक ३१.३१ अंकले घट्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३१.३१ अंकले घटरे २ हजार ६ सय ८०.४४ विन्दुमा ओर्लेको छ । बुधबारको तुलनामा नेप्से १.१५ प्रतिशतले घटेको हो । बुधबार नेप्से करिब १० अंकले बढेको थियो । आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा, १९७ वटाको घट्यो, बाँकी ४ कम्पनीको स्थिर रहयो ।

बिहीबार ३ सय १४ कम्पनीको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच भए । ८४ हजार आठ सय ५८ पटक खरिद बिक्री हुँदा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ७ अर्ब ९ करोड २८ लाख ७९ हजार बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो ।