काठमाडौं । काठमाडौंको कीर्तिपुर नगाउँमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई केवाइसी फारम भर्न सहजिकरण गरिदिन सबैमा आग्रह गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागले सम्पत्ति सुद्धीकरणकालागि सहकारी संस्थाहरुलाई शेयरसदस्यहरुको केवाइसी फारम भर्न ताकेता गरेको पछि दर्शन साकोसले फारम भर्न सदस्यहरुलाई आग्रह गरेको हो । संस्थाले विभागको निर्देशन अनुसार समयमै सम्पुर्ण शेयर सदस्यहरुलाई आआफ्नो विवरण भर्नकालागि सहजिकरण गरिदिन आग्रह गरेको सिइओ सुर्वण महर्जनले बताए ।
कति पय शेयरसदस्यहरुले फारम भरिरहेकाले अन्यले पनि तत्काल विवरण भर्न आग्रह गरे । संस्थाले सामाजिक सञ्जाल मार्फत केवाइसी फारमको नमुना पनि सार्वजनिक गरेको छ । विभागले देशैभरिका सहकारीको अनुगमन गर्ने, अनुगमनका क्रममा सबै सदस्यको सम्पत्ति विवरण तयार गर्न निर्देशन दिएको छ । कति पय सहकारीहरुले विभागको निर्देशनको पालना नगरेको हुदा मंगलवार पुनः निर्देशन जारी गरेको थियो ।