Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा


नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक उर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

ईन्जिनियरीङ अध्ययन संस्थान, पुल्चोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको सोमबार शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले यस्ता प्रविधिको विकास र प्रवर्द्धनमा आवश्यक नीतिगत व्यवस्थाकालागि मन्त्रालय अग्रसर रहेको समेत बताए । औद्योगिक मुलुकहरुका कारण विश्वव्यापी रुपमा बढिरहेको कार्वन उत्सर्जनको मार नेपाल जस्ता मुलुकहरुमा समेत पर्दा हिमालदेखि समुद्रसम्म प्रदुषणको असर परिरहेको दाहालको भनाइ छ । 

यस्ता विश्वव्यापी चुनौतीहरुको सामना गर्न नेपाल पनि तयार रहनुपर्ने भन्दै उनले वातावरणमैत्री र नविकरणीय ईन्धनको प्रवर्द्धनमा जोड दिन जरुरी रहेको स्पष्ट पारे । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाईड्रोजन नेपालले प्राकृतिक रुपबाटै प्राप्त गर्न सक्ने भएकाले औद्योगीक उत्पादन र उपयोगकालागि कानूनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।