Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेस प्रदेस सरकारले बजेट ल्याउँदै


मधेस प्रदेस सरकारले बजेट ल्याउँदै

जनकपुर, १ असार । मधेस प्रदेस सरकारले आज आगामी आर्थिक वर्ष २०८०—०८१ को बजेट ल्याउँदै छ । आज साँझ ५ बजे बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताए । गत वर्ष मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २०७९८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । तर यस वर्ष संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने सचिव भट्टराईको भनाइ छ ।