काठमाडौं,नेपालीहरुको महान पर्व विजयादशमी २०८० भित्रिसकेको छ। यस पर्वमा परम्परादेखि नै ठूलाको हातबाट टिका जमरा लगाउने, आशिष पाउने साथै दक्षिणा स्वरुप केही रकम दिने चलन कायमै रहेको छ।जब ठूला पर्वहरु आउँछन् तब बैंकहरुमा नयाँ नोटहरुको माग अत्यन्तै बढेको देखिन्छ। नेपाल राष्ट्र बैंकको नोट व्यवस्थापन विभागका अनुसार वर्षेनी करिब ४ सय मिलियन नयाँ नोट प्रिन्टिङमा खर्च हुने गर्दछ। त्यसैगरी करिब ४० देखि ५० बिलियन बराबर नोट नष्ट गरिँदै आएको छ।
सर्वसाधारणको लापरबाहीले गर्दा काट्ने, च्यातिने, रङ लाग्ने र झुत्रो हुने हुँदा नस्ट गर्नु पर्ने बाध्यता छ। यदि सर्वसाधारणले उक्त नोटहरुको हिफाजत गर्ने हो भने नोट निष्काशनमा वर्षेनी हुने करिब ४ सय मिलियन रकम बचत हुन जान्छ। सोही कुरालाई मध्यनजर गर्दै यस वर्ष नेपाल राष्ट्र बैंक केन्द्रीय बैंकले नै एक सुचना जारी गर्दै भनेको छ। तसामान्यतयाः चाडपर्वमा नयाँ नोटको माग हुने मुख्य कारण आफन्तजनहरुलाई दक्षिण दिन, केटाकेटीलाई नयाँ नोट दिएर खुशी पार्न साथै नयाँ नोट देखेपछि सबै खुशीको अनुभुति हुन हो।आज विश्व नै डिजिटलमय बन्दै गएको परिवेशमा हामिले मनाउने पर्वहरुमा आफन्तजनहरुप्रति गरिने दक्षिणा डिजिटलयुक्त बनाई त्यसको आधुनिकीकरण गर्नु अपरिहार्य छ।
देशको ठूलो रकम नोट प्रिन्टमा खर्च हुने हुँदा नयाँ नोटको मागलाई घटाई डिजिटल दक्षिणा गर्नु आवश्यक छ र गर्न सकिन्छ। सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै डिजिटल भुक्तानी सेवा प्रदायकहरुले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै नयाँ रङ ल्याएको देखिन्छ। खुद्रा नोट व्यवस्थापन साच्चै नै बैंकिङ जगततर्फ समस्याको रुपमा देखा परेको छ। तसर्थ यो वर्ष नयाँ नोट बितरण गर्नेतर्फ त्यति साह्रै चासो राखेको पाईदैन र पुरानै ताजा नोटहरुको प्रयोग गर्ने तर्फ बढवा दिएको पाईन्छ। नेपालको समग्र डिजिटल बैंकिङको अध्ययनअनुसार झन्डै एक करोड ९० लाखले मोबाइल बैंकिङ प्रयोग गर्दै आएका छन् भने झण्डै १७, ०६००० ले इन्टरनेट बैंकिङ प्रयोग गर्दै आएका छन्।
हामिले दिइने दक्षिणा वा अन्य भुक्तानीहरु डिजिटल माध्यमबाट नै सुरुवात यसै वर्षदेखि गरौं। डिजिटल भुक्तानीका माध्यमहरुरहेका छन्। प्रत्येक व्यक्तिले क्यूआर साथमै लियौं र भुक्तानी गर्दा वा प्राप्त गर्दा त्यसको प्रयोग गरौं।खुद्रा पैसाको झन्झट पनि नहुने, कारोवार गर्ना साथ बैंकको ब्याज सुरु हुने, चोरी हुनबाट बच्ने तथा पैसा जम्मा गर्नकै लागि झोला पिएर हिड्न नपर्ने भरपर्दो र विश्वासिलो तथा सजिलो माध्यम डिजिटल कारोवार भएकाले यो सम्पूर्णको लागि महत्वपूर्ण छ।
तसर्थ, यो वर्ष सम्पुर्ण प्रयोगकर्ताबाट नै डिजिटल दक्षिणाको सुरुवात गरे हुँदैन र यस वर्ष परम्परागत दक्षिणा शैलीलाई आधुनिकीकरण गर्दै दक्षिणा खातामा नै रकमान्तर गरेर नयाँ नोटको सटही नगरी डिजिटल कारोबारलाई बढवा दियौं भने पैसाको बचत, नोटको हिफाजत तथा छपाइ खर्च बच्ने हुन्छ। त्यसैले डिजिटल दक्षिणा को सुरुवात गरौ वा पुराना ताजा नोट को प्रयोग गरि सरकारको ठूलो खर्च बचत गर्न टेवा पुर्याउन सहयोग गरौं।