Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार परिसूचक नेप्सेमा केही अंकले वृद्धि


सेयर बजार परिसूचक नेप्सेमा केही अंकले वृद्धि

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से ११.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१२९ अंकमा कायम भएको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ४९ करोड रुपैयाँको कारोबार हुँदा आज ५ अर्ब ३१ करोडमा गिरावट भएको छ । कुल १२३ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ४ को स्थिर रहृयो ।

जसमध्ये बैंकिङ ८, विकास बैंक २४, फाइनान्स ५६, होटल तथा पर्यटन ४७, उत्पादन २८ र माइक्रोफाइनान्स उपसमूह १५१ अंक बढे । ब्यापार ६, अन्य ८, निर्जीवन बीमा ११२, जीवन बीमा ९ र जलविद्युत् उपसमूह ११ अंक घटे । हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

माउन्टेन इनर्जी, आशा लघुवित्त, मिथिला लघुवित्त र डिप्रोक्स लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।