काठमाडौं । दोलखाको सिँगटीमा प्रहरीले ४ किलो सुन बरामत भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको हो । दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो । लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ ।प्रहरीले आजै घटनामा संलग्नलाई सार्वजनिक गर्ने जनाएको छ । एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।
नेपाल-चीन नाका खुलेसँगै सुन तस्करी सुरु,मध्यरातमा ४ किलो बरामत