Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धिःअर्थमन्त्री डा.महत


जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धिःअर्थमन्त्री डा.महत

काठमाडौं, ३ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन् ।

सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको बताए । मुलतः तीन वटा महत्त्वपूर्ण विषयमा छलफल भएको मन्त्री महतले बताए । पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो ।

दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्त्वका रुपमा लिनुपर्छ । जी–२० विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो । नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भएको महतले बताए ।

नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्य वृद्धि र विकासका अनेकन समस्याबाट जनमानसमा परेको असरलाई कम गर्ने विषय नेपालले जी–२० को फोरममा राखेको उनले बताए । गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा भएको अन्तर्क्रियामा नेपालमा लगानीको सम्भावनाबारे छलफल भएको महतले बताए ।