Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

“GAI फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२३” भृकुटीमण्डपमा


“GAI फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२३”  भृकुटीमण्डपमा

“GAI फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२३” असोज १८ देखि २१ गते सम्म भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ ।

विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हाउस अफ राज कर्निकारको आयोजनामा सञ्चालन हुने सो एक्स्पो विशेष रूपमा खाद्य, पेयपदार्थ र आतिथ्यमा केन्द्रित “GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३” नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको क्षेत्रकै एकमात्र बृहत एक्स्पो भएको जनाएको छ ।

सन् २००६ र २०११को अवधिमा वार्षिक ७.३ प्रतिशत वृद्धिदरका साथ खाद्य तथा पेय पदार्थ उद्योग तीव्र रूपमा बढेको छ जुन समग्र उत्पादन उद्योगको तुलनामा निकै उच्च हो । नेपालको समग्र अर्थतन्त्र ३ प्रतिशतदेखि ४ प्रतिशतको दरले बढेको बेला एफएमसीजी उद्योग २० प्रतिशतले वृद्धि भएको देखिन्छ जुन निकै उल्लेखनीय छ । सन् २०१७–१८ मा नेपालले १३ हजार ५५१ करोड बराबरको खाद्य तथा पेय पदार्थ आयात गरेको थियो साथै रु. ३ अर्ब २० करोड बराबरको निर्यात गरेको थियो ।

हाल खाद्य, पेयपदार्थ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरूका लागि नाफा तथा राजस्वको राम्रो केन्द्र बन्दै गर्दा यिनीहरुको संख्यामा भारी वृद्धि भएको देख्न सकिन्छ । यस वर्ष GAI FBH 2023ले मोबाइल एपलाई व्यावसायिक आगन्तुक प्रवर्द्धनको मुख्य विशेषताको रूपमा प्रस्तुत गरेको छ । मोबाइल एपद्वारा दर्ताले व्यापार, आगन्तुक प्रवर्द्धनलाई सहज बनाउनेमा आयोजक बिश्वस्त छन् । यसको प्रयोगले प्रत्यक्ष्य अप्रत्क्ष्य सबै आगन्तुकहरुको पनि डाटा सहजै सङ्कलन हुने भएको जनाएको छ । जसले गर्दा प्रदर्शकहरूको लागि पनि धेरै सजिलो हुने आयोजक दाबी गर्छन् ।
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५,५०० रहेको छ जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन् । साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३,८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् । GAI FBH 2023ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये GAI FBH 2023ले लगभग १५,००० व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ ।

उक्त एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट, किराना – पासल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका मालिक तथा प्रबन्धकहरू; केटररहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता रहने छ । यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजक बताउँछन् ।

यस मेला मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् साथै गत वर्षको तुलनामा यस वर्ष २५% ले प्रदर्शकहरुको सङ्ख्या मा पनि वृद्धि रहेको आयोजक बताउनुहुन्छ । मेलामा ५००० उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने १८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू संचालन हुनेछन् भने कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदिको बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुने आयोजक बताउँछन् ।

साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्यबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकको भनाई छ ।

आफ्नो व्यापार व्यवसायलाई नयाँ उचाईमा पुर्याउन, GAI FBH 2023 प्रभावकारी संचार र विज्ञापन प्लेटफर्म साबित हुने र ३ दिनको एक्सपोमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष भेट गराउने आयोजक समिति विश्वास व्यक्त गरेका छन् ।