Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘पेमेन्ट गेट वे’ का विषयमा मुख्यसचिवसँग अख्तियारले लियो बयान


‘पेमेन्ट गेट वे’ का विषयमा मुख्यसचिवसँग अख्तियारले लियो बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भुक्तानी प्रणालीका केही सामान खरिद प्रकरणको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालसँग बयान लिएको छ । अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हुँदा भएको खरिद प्रक्रियामा प्रश्न उठेपछि अख्तियारले छानबिन गरिरहेको छ ।

‘उहाँ सञ्चार मन्त्रालयको सचिव हुँदा राष्ट्रिय राष्ट्रिय भुक्तानी प्रणालीसम्बन्धी नीतिगत निर्णय गर्ने निर्देशक समितिको संयोजक हुनुहुँदो रहेछ’, अख्तियार उच्च स्रोतले भन्यो, ‘भुक्तानी प्रणालीसम्बन्धी काम कारवाही र खरिदका विवादास्पद विषय अनुसन्धान भइरहेको छ, त्यही सिलसिलामा उहाँसँग बयान लिइएको हो ।’

कानुनी र नीतिगत जिम्मेवारी स्पष्ट नहुँदै राष्ट्रिय सूचना प्रविधि केन्द्रले पेमेन्ट गेट वे निर्माणको निर्णय गरेको थियो । केन्द्रले गरेका खरिदका कयौं काम कारवाही विवादित भएको पाइएपछि अख्तियारले यो विषय अनुसन्धान गरिरहेको छ ।