काठमाडौ । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागेको हो ।
२१ दिन अवधिको उक्त उपकरण १९ भदौमा परिपक्व हुनेछ । ब्याजदर बोलकबोलबाट तय हुने र ब्याज र सावाँ १९ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरूले बुधबार ३ बजेभित्र अनलाइन विडिङ सिस्टम मार्फत बोलकबोल पेस गर्नुपर्नेछ । बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।
उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।