Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन सहकारीलाई १० हजार बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व छ, व्यक्तीगत र राजनीतिक स्वार्थ राखेर आन्दोलन नगर्नुहोस्ःअध्यक्ष दिनेश दर्शनधारी [भिडिओ सहित]

— सञ्चालक, कर्मचारीहरु त्रासमा छन्,कसरी कार्यालय ख...


दर्शन सहकारीलाई १० हजार बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व छ, व्यक्तीगत र राजनीतिक स्वार्थ राखेर आन्दोलन नगर्नुहोस्ःअध्यक्ष दिनेश दर्शनधारी [भिडिओ सहित]

काठमाडौैं । पछिल्लो समय देशैभरिका सहकारी संस्थाहरुमा आर्थिक तरलता बढ्दो छ । दिनप्रतिदिन सहकारी संस्थाहरु संकटग्रस्त घोषणा भइरहेका छन् । शुक्रबारमात्रै काठमाडौंमा अर्काे एउटा सहकारी संकटग्रस्त घोषणा भयो । सहकारी संस्थाहरु संकटग्रस्त घोषणा हुने क्रम बढ्दो छ, भने सहकारी पीडितहरुका आन्दोलनपनि उस्तै चर्काे अबस्थामा रहेको छ । हामीले पछिल्लो समय कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताहरुले आन्दोलन र बचतफिर्ताका विषयमा सो सहकारीका अध्यक्ष दिनेश दर्शनधारीसँग कुराकानी गरेका छौं । मूख्यगरि संस्थामा देखिएको समस्या, आर्थिक तरलता, बचतकर्ताको माग तथा बचत फिर्ताको योजना लगाएका विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

१.पछिल्लो समय दर्शन सहकारीमा देखिएको समस्या के हुन ? बचत फिर्ता कहिले हुन्छ ?
—मूख्यगरि अहिले दर्शन साकोसमा मात्रै समस्या आएको होइन । त्यसमा पनि हामी यहि ठाउँको स्थानीयको सक्रियतामा खोलिएको संस्था भएकाले बचत फिर्ताको सवालमा हामी गम्भीर नै छौं । तर, बचतकर्ताहरुको आन्दोलन उहाँहरुको उग्रताका कारण अहिले नै के गर्ने भन्ने विषयमा हामी आफैले सोच्न सकेका छैनन् । एक महिना अघि केहि बचतकर्ताको समुहले सहकारीमा तालाबन्दी गर्यो, सञ्चालक र बचतकर्ताबीच प्रहरीमा भएको छलफलबाट बचतफिर्ताको योजना बनाउने सहमति भएको थियो । सोहि अनुरुप हामीले सम्पत्ती व्यवस्थापनदेखि चलअचल सम्पत्ती विक्रि, ऋण असुली गर्न सुरु गरेका थियौं ।

अहिले भन्ने वितिक्कै पैसा जुट्ने संभावना छैन् । हामीले हाम्रा तीन वटा गाडी बिक्रीमा राखेका छौं । सबै एकैपटक संभावना देखिएन । किन कि अहिले बजारमा पैसा छैन् । हामी व्यवस्थापनमा जुटेको समयमा पुनः संघर्ष समितिले कार्यालय संचालनमा बाधा पर्याउने,कर्मचारीमाथि धाकधम्की दिने, सिइओलाई अपहरणको शैलीमा कार्यालयमा बन्धक बनाउने जस्ता क्रियाकलाप भए जुन निकै अमानविय थिए । हामीले बागमती प्रदेशका विभागिय मन्त्रीसहित छलफलमा बस्यौ, केहि लिखित सहमति पनि भएका छन् तर,यति हुदै गर्दा पनि कार्यालय सञ्चालनमा बाधा आएपछि अहिले बचतफिर्ताको कार्य योजना बागमती प्रदेशको सहकारी विभागमा बुझाएका छौं । सम्पत्ती व्यवस्थापन र ऋण असुलीबाट प्राप्त रकम यहि असार मसान्तबाट वितरण गर्न सुरु गर्ने छौं, त्यसकालागि हामीले कार्ययोजना नै सार्वजनिक गरेका छौं ।

२.अहिले बचतकर्ताहरु एक पछि अर्काे समुह बनाएर आन्दोलनमा छन्, यो भिडलाई कसरी नियन्त्रण गर्नु हुन्छ ?
सबैभन्दा पहिले बचतकर्ताले के बुझ्नु पर्यो भने, भिड जम्मा गरेर, आन्दोलन गरेर रकम फिर्ता हुने होइन । यो आन्दोलनका नाममा सहकारीहरु अभियानमा विचौलियाको प्रवेश भएको छ । कसैलाई दोश दिन खोजेको होइन तर, यहाँ अभियन्ताको नाममा कमाउने धन्दानै भएको छ । हामीले योजना बनाएका छौं हामी यहि ठाउँको हो कसैको बचत डुब्दैन । यति हुदा पनि हामीहरु सम्बन्धीत निकायसँग सम्पर्कमा छौं । उहाँहरुसँग परामर्श लिइरहेका छौं । प्रदेशको विभागीय मन्त्री ज्यू,सँग समस्या समाधानकालागि पटक—पटक छलफल गरिरहेका छौं । हाम्रो मनोवल घट्ने गरि बचतकर्ताहरु प्रस्तुत हुनुभएन हामी यहि असारबाट रकम फिर्ता गर्दैछौं । सबै एकै पटक सम्भावना छैन् । विभिन्न चरणमा कार्ययोजना अनुरुप बचत फिर्ता हुन्छ । ढुक्क हुनुहोस् ।


३.के दर्शन साकोसमा कीर्तिपुरका ठुला सहकारीहरुका सञ्चालक, कर्मचारीको बचत रकम छ भन्ने कति सत्य हो ?
यस्तो हो, हामीहरु सत्यको बाटोमा काम गर्ने व्यक्ती हौं । हामीले सहकारीको माध्ययमबाट होइन अन्य प्रोजेक्टबाट राम्रो पैसा कमाएकै हो । त्यहि देखेर अन्य सहकारीका सञ्चालक तथा कर्मचारीहरुले हाम्रोमा बचत रकम राख्नुभएको हो । हामी सँग कीर्तिपुरका करिब १० वटा ठुला सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको बचत रकम छ । अहिले ति सहकारीका सञ्चालक, कर्मचारी किन आन्दोलनमा छैनन् ? उहाँहरुले दर्शन साकोसमा समस्या देखिदा किन बोल्नु सक्नुभएको छैन् ? सबै भन्दा ठुलो प्रश्न यहाँ निर छ । हिजो यहि दर्शन साकोस उहाँको व्यवसायीक पाट्नर हुने आज दुश्मन त होइन होला । हामीले सक्दो प्रयास गरेका छौं अहिले जो आन्दोलनका नाममा कार्यलयको कामकाज प्रभावित गरिरहनुभएको छ उहाँले मेरो घर जग्गा सम्पत्ती विक्रिमा सघाउनु पर्ने हो आन्दोलन होइन । कस्तो आन्दोलनको पछि लागिरहेका छन् शेयर सदस्यहरु ? बचतकर्ता ।


४.तपाई करोडौंको गाडीमा चड्नु हुन्छ, २० करोडको घर बनाउनुभयो, विदेश भ्रमण र सिंगापुरमा लगानी गर्नुभएको भन्ने आरोप छ नि ?
म व्यवसाय गर्ने व्यक्ती मैले आफुले व्यवसायबाट कमाएको रकमले गाडी चड्नु अपराध हो ? मानिसले एक पटक घर बनाउने हो मैले राम्रो घर बनाउदा कस्लाई पोल्यो ? मैले सहकारीको रकमले गाडी चडेको होइन घर बनाएको होइन । घर गाडी सबै ऋणमा छ । अब हेर्नुहोस् मैले घर बिक्रि गरौं भने उहाँहरु भन्नुहुन्छ २० करोडको घर मलाई २० करोड चाहिदैन चलेको मूल्य दिनु भन्दा ५ करोडमा देऊ के उहाँहरु दलाल हो ? बचतकर्ताहरुलाई उस्काउन २० करोडको घरमा बस्छ भन्ने त्यहि आन्दोलनका व्यक्तीले ५ करोडमा घर देऊ भन्नु कस्तो आन्दोलन ? उहाँलाई मेरो पुख्र्याैली सम्पत्तीमा आखाँ लगाउनु भएको छ । किन ? म सँग अन्य सम्पत्ती छ त्यो बिक्रि गरौं भन्दा पुख्यौली सम्पत्तीमा नै किन ? अहिले दर्शनविरुद्धको आन्दोलन राजनीतिक प्रतिशोध, व्यक्तीगत स्वार्थ हो ।


५.अब बचतकर्ताको रकम कसरी फिर्ता हुन्छ ? यसको निकास के हो ?
देशको अर्थतन्त्रमा सुधार आएसँगै दुई वर्षभित्र दर्शन साकोसलाई हामी शुन्यमा झार्दैछौं । यसले दर्शन साकोसले सबै बचतकर्ताको रकम फिर्तागरि शुन्यमा ल्याउने छ । त्यस्तै हामीले पेस गरेको कार्ययोजना अनुसार अघि बढे समस्या समाधान देखिन्छ । यसको निकाय बचतकर्ता, सञ्चालक समिति सबै एक आपसमा मिलेर जानुको विकल्प छैन । बाँकी हामीले पेस गरेको कार्ययोजनामा पनि प्रष्ट उल्लेख छ । यसअघि हामीले श्वेत पत्र जारी गरेका थियौं यसबाट पनि धेरै विषय प्रष्ट हुन्छ ।