Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा लगानी भित्र्याउन लन्डनमा लगानी सम्मेलन हुँदै


नेपालमा लगानी भित्र्याउन लन्डनमा लगानी सम्मेलन हुँदै

काठमाडौं । बेलायतबाट नेपालको जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, पर्यटन तथा शिक्षालगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित मंगलबार लन्डनमा लगानी सम्मेलन हुँदै छ । बेलायतस्थित नेपाली दूतावासको आयोजनामा त्यहाँको सिटी अफ लन्डनको मेनसिन हाउसमा लगानी सम्मेलन हुनेछ ।

दूतावासले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टको सहयोगमा उक्त सम्मेलन गर्न लागेको हो । बेलायतका स्थानीय बैंकहरू, दातृनिकाय तथा लगानीकर्ताबाट नेपालको जलविद्युत्लगायतका पूर्वाधार आयोजनामा लगानी भित्र्याउने सम्मेलनको उद्देश्य छ ।

सम्मेलनमा सहभागी हुन नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीसहित सरकार तथा निजी क्षेत्रका प्रतिनिधि बेलायत पुगिसकेका छन् ।मंगलबार त्यहाँको समयअनुसार १२स् ३० मा सम्मेलनको उद्घाटन हुनेछ ।

उद्घाटन समारोहमा अर्थमन्त्री डा। महत, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित बेलायतका विशिष्ट व्यक्तिहरूले मन्तव्य राख्नेछन् । त्यसपछि नेपालको जलविद्युत्, शिक्षा, सूचना प्रविधिलगायतका क्षेत्रको सम्भावनाबारे छुट्टाछट्टै छलफल हुनेछ । सम्मेलनमा नेपालको अर्थ मन्त्रालय र त्यहाँको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसनबीच समझदारीपत्रमा हस्ताक्षर एमओयू गर्ने कार्यक्रम पनि रहेको छ ।

डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धिको १०० वर्ष पूरा भएको अवसरसमेत पारेर लगानी सम्मेलन आयोजना गरिएको नेपाली राजदूतावास बेलायतले जनाएको छ । मुख्यतः नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिस लगानी भित्र्याउने उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन आयोजना गरिएको हो ।