Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कीर्तिपुर नगरले रोजगारी र सीपमुलक कार्यक्रमकालागि अनावश्यक बजेट खर्चेको छः शम्भुराम मर्हजन [भिडिओ सहित]


कीर्तिपुर नगरले रोजगारी र सीपमुलक कार्यक्रमकालागि अनावश्यक बजेट खर्चेको छः शम्भुराम मर्हजन [भिडिओ सहित]

काठमाडौं । कीर्तिपुर नगरपालिका एउटा ऐतिहासिक नगर हो । यहाँ विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व छ । राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा अब्बल रहेको यस नगरमा पछिल्लो समय अर्थ—राजनीतिका विषयमा पनि चर्चा हुने गरेको छ ।

हामीले ‘हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर’ कार्यक्रममा यहाँका पुराना वाम नेता तथा अहिले उद्यमि बनेका शम्भुराम महर्जनसँग पछिल्लो अर्थ—राजनीति तथा कीर्तिपुर नगरपालिकाले अबलम्बन गर्दै आएको समृद्धको विषयका बारेमा कुराकानी गरेका छौं । उनिसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेताबाट उद्यमि बन्नु भयो ? अहिले के गर्दै हुनुहुन्छ ?
मेरो अहिलेको काम भनेको मैले एउटा बेकरी उद्योग खोलेको छु, पाउरोटी केकहरु बन्छ, व्यवसायमा व्यस्त छु । काम गर्ने मान्छेहरु ८-१० जना छन् । अब उहाँहरुलाई व्यापारीक हिसाबले मेरो फेरी पृष्ठभुमि पारिवारिक पृष्ठभुमि व्यापारिको छोरा नै भएकाले राजनीति भन्दा व्यापारले छोएको हो कि भन्ने लागेको छ ।


तपाई त कीर्तिपुरको एक दम बामपन्थी नेता भनेर कहलिएको तपाँई गाउँ पञ्चायत हुँदा पनि निर्वाचित अध्यक्ष भएर काम गरिसक्नु भो त्यस्तै तपाईले राराहिल स्कुलको संस्थापक भएर यहाँ हाम्रो कीतिपुरका मध्यम स्तरका व्यक्तीहरुले पढ्न पाओस भनेर राराहिल स्कुल खोल्नु भयो ? त्यस्तै शहीद स्मारक कलेज पनि खोल्नु भयो । अब व्यापार गर्दै हुनुहन्छ ?
अब यो चाँही के भयो भने सुरुमा जब म त्यस्तै १७—१८ वर्षको उमेरमा २०३४ सालमा मेरो सम्बन्ध तत्कालीन नेपाल कम्यूष्टि पार्टी चौथौ महाधिवेशन भन्ने पार्टीसँग भयो । त्यो बेला देखि मैले जे गरे राजनीतिक रुपमा यो देशमा परिवर्तन नभईकन यो राजतन्त्र यो समाजबादको सामुल नष्ट नगरिकन देशमा चाँहि विकाश हुँदैन भन्ने हेक्का थियो । जनताले मुक्ति पाउँदैन एउटा गाँस, बास,कपास हैन शिक्षा,स्वास्थ्य,सुरक्षा यस्तो विषयहरु जनताको पहुँच पुग्न सक्दैन् । त्यसकारण राजनीतिक रुपमै पहिलो परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता रह्यो ।

त्यही अनुसार मैले सबै कुरा छोडेर म राजनीतिमै आँफुलाई समर्पित गरे अनि त्यहाँबाट २०४३ साल आएपछि म प्रधापन्च पनि भए । २०४६ सालको आन्दोलनमा पनि लागे त्यसपछि राजनीतिक यात्रा अघि बढ्यो । ०६२-०६३ को आन्दोलनमा पनि लागे ।

राजनीतिक रुपमा लाग्दै गर्दा के महसुस भयो, भने हैन यो शुद्ध राजनीतिले मात्रै यो काम हुन सक्दैन यो समाजको सेवा यो समाजमा परिवर्तन आउन सक्दैन् । शिक्षा मुख्य चाहिने चेतना हो त्यो चेतना शिक्षाले ल्याउँछ त्यसलाई शिक्षालाई पनि हामीले केही काम गर्नुपर्छ भनेर साथीभाईहरु मिलेर हामीले राराहिल स्कुल खोल्यौ र शहीद स्मारक कलेज खोले । यो सबै राजनीतिक यात्रामा भयो । अहिले म व्यवसायमा छु ।


कीर्तिपुर नगरपालिकाको तपाई बासिन्दा अहिले स्थानीय सरकारले समृद्धिको नारा लगाई रहेका छन् यो देख्दा कस्तो लाग्छ ?
समृद्धको नारा लगाउनु र पुरा गर्नुमा धेरै फरक छ । हाम्रो कीर्तिपुर नगरपालिकाले अहिले नगरमा रोजगारी सीपमुलक कार्यक्रम जारी राखेको छ । तर, कस्तो सीप बजेटको सत्यानास मात्रै भएको छ ।

सीपमुलक कामहरु कीर्तिपुरको डकर्मी पाँगाको सीकर्मी भन्ने एउटा उखानै चलेको थियो । अहिले कहाँ छ, भनेपछि त्यो सीप श्रम गरेर सीप सिकेर श्रम गरेर खाने प्रचलन नै हरायो त्यो भैसकेपछि मलाई के लाग्यो भने एउटा उदाहरण पनि हुन्छ म जस्तो उमेर भएको मानिसले एउटा उद्योग खोलेर देखायो भने मान्छेहरुलाई केही काम गर्ने प्रेरणा जाग्छ कि भन्ने थियो ।

तर, त्यो अहिलेका मानिसलाई कहाँ पचेको छ र । हामीले हिजो कीर्तिपुरमा खेती गरेर अघि बढेको थियौं । अहिले हाम्रा जमिनमा अनेत्रबाट आएर खेती गरिरहेका छन् । हामी कति अल्छी भएका छौं । घर, बनायो बहाल उठायो, छोराछोरी विदेश पठायो सकियो ।

कीर्तिपुर नगरपालिकाबाट धेरै जना होइन ५० जना व्यक्तीहरु छान्ने ५० जना व्यक्तीहरुलाई करिब २ वर्षको तालिम दिने जुनसुकै विषयमा अनि हेर्नुहोस् । १÷२ दिनको तामिका बर्षा कति खर्च हुन्छ ? त्यसको उपलव्धी खैं ? फेरी स्थानीय तहले तालिममा पैसा खर्च गर्ने होइन, विकासमा केन्द्रीत हुनुपर्छ । स्थानीय तहका कर्मचारी आफुलाई भत्ता आउने काम भन्दा अरु गरेको देखिदैन ।