Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गाडीको कर तिर्दा जरिवानामा ९०% छुट, समयसीमा फागुनसम्म


गाडीको कर तिर्दा जरिवानामा ९०% छुट, समयसीमा फागुनसम्म

काठमाडौं । वाग्मती प्रदेश सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनको तिर्न बाँकी करमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा (तामाङ)ले आगामी आ.व २०८०/८१ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

सार्वजनिक सवारीसाधनले तिर्न बाँकी कर र नवीकरण शुल्क आगामी फागुन मसान्तसम्म तिरे जरिवानामा ९० प्रतिशत छुट दिइने मन्त्री लामाले बताएका छन् ।
यसका साथै उनले सम्बन्धित कार्यालयहरूबाट ति साधनको लागत कट्टा गर्ने व्यवस्था पनि मिलाएको थप जानकारी दिएका छन् ।

पछिल्लो समय सरकारले पुराना सवारीसाधन विस्थापनको सरकारी नीति ल्याएको छ । तर पनि ति पुराना सवारी साधन भने हट्न सकेका छैनन् । देशमा व्यापक सवारीसाधन वाग्मती प्रदेशमा चल्छन् । प्रदेश सरकारले कर छुटसँगै डिजल–पेट्रोल इन्जिनलाई इलेक्ट्रिकमा रुपान्तर गर्न चाहनेलाई प्रोत्साहित गर्ने नीति लिएको छ ।