Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से ११ अंकले घट्यो


नेप्से ११ अंकले घट्यो

काठमाडौं, साता अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से ११ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९५६ अंकमा कायम भएको छ । कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

११ अंक घट्यो नेप्से ४८ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १२ को स्थिर रहृयो। जसमध्ये बैंकिङ ५, विकास बैंक २८, फाइनान्स ९, होटल तथा पर्यटन ६१, जलविद्युत् १८, जीवन बीमा ६२, उत्पादन ४८, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ५२, अन्य ५ र ब्यापार उपसमूह ४ अंक घटे।

बाराही हाइड्रोको मूल्य ९.३, इस्टर्न हाइड्रोको ८।२ तथा हिमालयन लघुवित्तको मूल्य ७.९ प्रतिशत बढ्यो। इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने मध्यभोटेकोशीको ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स, नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ र हिमालयन लघुवित्त क्र मशः अगाडि रहेका छन् ।