काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहकारी र लघुवित्तबाट पिडितका समस्या समाधानकालागि सरकारलाई सुझाव सहित पत्र बुझाएको छ ।
रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा.स्वर्णिम वाग्लेसहितको टोलीले बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाललाई सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन सुझाव सहितको पत्र बुझाएका हुन ।
प्रधानमन्त्री दाहालले पत्र बुझ्दै पिडितका समस्यामा आफु जानकार भएकाले समस्या समाधानकालागि पहल गर्ने बताएका थिए ।
भेटमा प्रधानमन्त्रीले भने, यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ।
तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।