काठमाडौं, प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताएका छन्। कालोबजारीलाई सरकारले नै प्रश्रय दिएको उनले आरोप लगाएका छन्। उनले भने, चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ।
नेपालका उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ। त्यो बजारमा आउन सकेको छैन। अहिले कालोबजारी मौलाएको छ। सरकारले त्यस्ता कालोबजारीलाई प्रश्रय दिने काम गरेको छ। उनले जनताले पाउने अधिकार कुण्ठित नगर्न सरकारसँग माग गरेका हुन्।