काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर खरिद बिक्री भइरहेको छ । मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, मंगलबार तेजावी सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ४५० रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १५ हजार ९५० रुपैयाँ तोलामा तेजावी सुनको कारोबार भएको थियो । यस्तै तोलामा १ हजार ४ सय २० रुपैयाँमा चाँदीको खरिद मूल्य कायम भएको छ । मंगलबार १ हजार ४ सय १० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
सुनको मूल्य मंगलबारपनि घट्यो,