काठमाडौं । पुस महिना अन्तिम हुदै गर्दा कीर्तिपुरका अधिकांस सहकारीहरु बार्षिक साधारणसभा सम्पन्नमा जुटेका थिए । कतिले पुसको मध्य त कतिले पुसको अन्तिममा बार्षिक साधारणसभा सम्पन्न गर्दै गर्दा कयौं सहकारीहरुले विधी र परिधी मिचेको पाइएको छ ।
कीर्तिपुर नगरपालिका अन्र्तगत रहेका करिब ८४ बढी सहकारी र अहिले सञ्चालनमा रहेका ६० बढी सहकारीहरुलाई पुस मसान्तमा साधारणसभा सम्पन्न गर्नुपर्ने बाध्यता थियो । सोहि मेसोमा साधारणसभा सम्पन्न गरेका सहकारीहरुले बुहमत संख्या उपस्थितीबिनै सम्पन्न गरेका हुन । केहि सहकारीले पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेपनि अधिकांस सहकारीहरुले गुमनाम साधारणसभा सम्पन्न गरेका छन् ।
कीर्तिपुरको प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले पुसमा साधारणसभा सम्पन्न गर्न सकेन । माघको पहिलो साता ६ गते शनिवार साधारणसभा सम्पन्न गरेको सो सहकारीको उपस्थीति हेर्दा बुहमत संख्या पुग्दैन । खुला चौरमा साधारणसभा सम्पन्न गरेपनि शेयर सदस्यको उपस्थीति निकै कम थियो । कार्यविधीले शेयर सदस्यको कुल संख्याको ५१ प्रतिशत अर्थात बहुमत संख्या पुर्याउनु पर्छ । तर, कीर्तिपुरका अधिकांस सहकारीको साधारणसभामा त्यसो देखिएन । ठुला भनिने सहकारीले पनि बहुमत संख्या पुर्याउन सकेको छैनन् ।
अर्काे, कुरा सहकारीहरुले बार्षिक साधारणसभा सम्पन्न गर्दा इकाइ, वडा वा टोल साधारणसभा सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसको प्रमाणीकरण बार्षिक साधारणसभाले गर्छ । तर, कीर्तिपुरका कुनैपनि सहकारीले त्यसो गरेको देखिदैन । त्यसको मुख्य कुरा अहिलेको सहकारीहरुको आर्थिक तरलता नै हो । कीर्तिपुर नगरपालिका सहकारी विभाग प्रमुख सुजिन्द्र महर्जनले अधिकांस सहकारीहरुले कार्यविधी मिचेको बताए । उनले कीर्तिपुरका सहकारीहरुले समयै वार्षिक साधारणसभा सम्पन्न गर्न कार्यविधी मिचेको उनको भनाई छ । उनले भने, अधिकांस सहकारीहरुले ५१ प्रतिशत अर्थात बुहमत शेयर सदस्यको उपस्थिति नगराएको बताए ।
यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण भएको उनको भनाई छ । उनले भने, केहिले कार्यविधी पुरा गरेका छन्, केहिले गरेका छैनन् कतिले वार्षिक साधारणसभा पछि बहुमत शेयरसदस्यको संख्या पुर्याएको भन्दै त्यसलाई बैधानिकता मान्न सकिदैन तर, अहिले सहकारीमा देखिएको आर्थिक तरलता र शेयरसदस्यको ताकेता थेग्न सक्ने अबस्था छैन । यस विषयमा नगरपालिका अन्र्तगतको सहकारी विभागले गम्भीरताका साथ लिने उनले भनाई छ । उनि अधिकांस सहकारीहरुको बार्षिक साधारणसभामा उपस्थीति थिए ।
कीर्तिपुर सहकारी संघ लि.का अध्यक्ष तथा कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष दिलबहादुर महर्जनले ढिलो गरि वार्षिक साधारणसभा सम्पन्न गर्दा जरिवाना तिर्नु पर्ने बताए । कीर्तिपुरका अधिकांस सहकारीले मापदण्ड पुरा गरेको जस्तो देखिएपनि सोचे अनुरुप हुन नसकेको उनको भनाई छ । उनले पुस मसान्त अघि नै सहकारीले बार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने भएकाले केहि समस्या देखिएको हो । आर्थिक तरलताकाबीच सहकारी संस्थाहरु कठिन अबस्थामा छन् ।
उसो भए प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले माघको पहिलो सातामात्रै बार्षिक साधारणसभा सम्पन्न गरेको छ, कति जरिवाना तिर्नु पर्छ ? भन्ने प्रश्नमा स्थानीय तहको आफ्नै मापदण्ड हुने र प्रदेशको आफ्नै मापदण्ड हुने बताए । उनि भन्छन्,‘कुनैपनि सहकारीले बुहमत संख्या नपुर्याइ वार्षिक साधारणसभा सम्पन्न गरेका छन् भने त्यो बैधानिकता मान्न सकिदैन’ । अध्यक्ष महर्जनको भनाईलाई आधार मान्ने हो भने, के अब कीर्तिपुरका कुनैपनि सहकारीहरुले बैधानिकता पाउन सक्दैनन् ? अहिले सहकारीहरुमा देखिएको आर्थिक तरलता र निक्षेप फिर्ताको ताकेताले समस्या ल्याएको उनको भनाई छ ।
प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा एक साता ढिलो
कीर्तिपुरकै अर्काे ठुलो सहकारी भनिएको प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.ले ढिलोगरि वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पुस मसान्तमा वार्षिक साधारण सम्पन्न गर्नुपर्नेमा उसले हिजो शनिवार माघ ६ गते सम्पन्न गरेको छ ।
अन्य वर्षमा पार्टी प्यालेस तथा तामझामकासाथ सम्पन्न हुने संस्थाको साधारणसभा यस पटक मञ्जुश्री चिल्डे«न पार्कमा सिमित शेयरसदस्यको उपस्थितीमा सम्पन्न गरेको हो । संस्थाले ५१ प्रतिशत अर्थात बहुमत संख्या पुरा गरेको देखिदैन । कीर्तिपुरमा रहेको अर्काे दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले गत पुस २८ गते वार्षिक साधारणसभामा सम्पन्न गरेको थियो ।
त्यसले पनि बहुमत संख्या पुर्याउन सकेन । कीर्तिपुरमा रहेका सहकारी मध्ये थप आर्थिक तरलताको सामान गरिरहेको उक्त सहकारीले पुसभित्रै बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले अहिले सहकारीहरुमा देखिएको आर्थिक तरलता यसको मुख्य कारण भएको बताए ।
उनले भने, ‘हामीले अन्य सहकारीहरुको वार्षिक साधारणसभा देख्यौं, सबैमा आर्थिक तरलता छ, हामीलाई पनि यसको प्रभाव नपरेको होइन । सहकारीको नियम र परिधीभित्र साधारण सभा सम्पन्न गरेपनि बहुमत संख्या पुगेको देखिदैन । अहिले सबैमा आर्थिक समस्या छ’ । उनलेले भने, हामीले कार्यालयमै बोलाएर इकाइसभा गरेको थियौं भने, बार्षिक साधारणसभा र आर्थिक तरलताका विषयमा शेयर सदस्यलाई जानकारी गराएका थियौं ।
त्यस्तै, बाघ भैरव बचत तथा ऋण सहकारी संस्था लि.को पुस २७ गते सम्पन्न वार्षिक साधारणसभामा पनि बहुमत संख्या पुगेको देखिदैन । कीर्तिपुरका अधिकांस ठुला सहकारीले दावी गर्दै आएको शेयर सदस्यको संख्यालाई आधार मान्दा कुनै पनि सहकारीहरुको बहुमत संख्या पुगेको देखिदैन । आन्तरिक किचलो, चरम आर्थिक संकट, निक्षेपकर्ताको ताकेता लगायतका कारण कीर्तिपुरका अधिकांस सहकारीहरु अहिले समस्यामा छन् ।
त्यस्तै, कीर्तिपुरमा अन्य सहकारी संस्थाहरु, पाङगाको शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लि. उमा महेश्वर बचत तथा ऋण सहकरी संस्था लि, परिवर्तनकारी बचत तथा ऋण सहकारी संस्था लि.,विकल्प सहकारी संस्था, दे धुकू बहुउद्देश्यीय सहकारी संस्था लि.,नगाउँ बचत तथा ऋण सहकारी संस्था लगायत सहकारीहरुले वार्षिक साधारण सभामा विधी नपुर्याएको देखिएको छ ।
कतिपय सहकारीहरुले सार्वजनिकरुपमा बार्षिक साधारणसभा सम्पन्न नगरि कागजमा मात्रै सिमित राखेको पाइएको छ । यस विषयमा सम्बन्धीत निकाय गम्भीर हुन आवश्यक छ । सहकारीहरुले जनताको निक्षेप हिनामिना गरे भन्नेहरुले सहकारीहरु कसरी चलेका छन् भन्ने विषयको अनुगमन गर्न आवश्यक रहेको एक सहकारीकर्मीको भनाई छ ।
पछिल्लो समय सहकारीहरुमा चरम आर्थिक संकट आउदा देशको वित्तीय क्षेत्र प्रभावित छ । जसले गर्दा सहकारीहरुमा समस्या बढ्दै गएको हो । देशभरिका ठुला सहकारीहरुमा समस्या आउन थालेपछि अहिले त्यसको प्रत्यक्ष प्रभाव साना सहकारीमा बढ्दो छ । देशमा आएको आर्थिक तरलताकाबीच सहकारीहरुले भोगेका समस्या कुनै सामान्य छैनन् । तर, सहकारीहरुमा आएको समस्याको बारेमा राज्य र त्यसको निकाय जानकार छैन् वा जानकारी भएपनि नभएको जस्तो गरेको छ ।
त्यस्तै अहिले आफुलाई अब्बल भन्ने कीर्तिपुरका सहकारीहरुको पछिल्लो आर्थिक अबस्था कस्तो छ भन्ने विषयमा हामीले अर्काे अंकमा समाचार प्रकाशित गर्दैछौं । कीर्तिपुरका केहि सहकारीहरले असारको आर्थिक अवस्था देखाएर अहिले संस्थामा समस्या नभएको भन्दै शेयर सदस्यहरुलाई भ्रममा पारिरहेका छन् ।