Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोराही सिमेन्ट इन्डस्ट्रीद्धारा सेयरधनीकालागि बोनस सेयर घोषणा


घोराही सिमेन्ट इन्डस्ट्रीद्धारा सेयरधनीकालागि बोनस सेयर घोषणा

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ ।

पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार पुस १६ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुनेछ । पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने  छन् । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।