Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ३९.७० अंकले बढ्यो


नेप्से परिसूचक ३९.७० अंकले बढ्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३९.७० अंकले बढेको छ । बुधबार मात्रै १ दशमलव ४६ प्रतिशतले बढेको नेप्से बुधबार २७५६.३६ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ कारोबार भएकामा बुधबार ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । बुधबार २ सय कम्पनीको सेयर मूल्य बढ्यो भने ३८ कम्पनीको मूल्य घट्यो ।

६ कम्पनीको मूल्य स्थिर रह्यो । ८९ हजार पटकको सेयर किनबेचबाट १ करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर किनबेच भएको थियो । फाइनान्सबाहेक सबै उपसमूहहरू बढेका छन् । सबैभन्दा बढी जीवन बिमा, निर्जीवन बिमा, हाइड्रोपावर र ट्रेडिङ उपसमूहहरु बढेका छन् । फाइनान्स १७.६४ अंकले घटेको छ ।