Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एप्पलको शेयर रेकर्ड दिनप्रतिदिन बढ्दै, पुग्यो १९० डलर


एप्पलको शेयर रेकर्ड दिनप्रतिदिन बढ्दै, पुग्यो  १९० डलर

काठमाडौं । अमेरिकाको बहुराष्ट्रिय टेक कम्पनी एप्पलको शेयर रेकर्डस्तर दिनप्रतिदिन माथि उक्लिँदै छ । बुधबार २८ जुनमा एप्पलको शेयर १.१९ डलर अथवा ०.६३ प्रतिशतले बढेर १८९.२५ डलरमा पुगेको तथ्याङ्कले जनाएको छ ।

रिफाइनिटिभ डाटाका अनुसार, एप्पल कम्पनीको शेयरले लगातार दोस्रो पटक रेकर्ड उच्च स्तर छोएको हो । हालसम्म एप्पलले ३ ट्रिलियन डलरभन्दा बढीको बजार पुँजीका साथ कारोबार बन्द गरेको छैन । २०२२ जनवरी ३ मा एप्पलको बजार पूँजीकरण इन्ट्रा–डे ट्रेडिङमा ३ ट्रिलियनभन्दा बढी पुगेको थियो र ट्रेडिङ सत्र बन्द हुँदा त्यो स्तरभन्दा तल झरेको थियो ।

एप्पलले मे महिनामा आफ्नो त्रैमासिक रिपोर्ट पनि सार्वजनिक गरेको थियो । कम्पनीले आफ्नो आम्दानी र नाफा घटेको बताए पनि विश्लेषकको अपेक्षाभन्दा यो नतिजा राम्रो रहेको बताइएको छ ।

कम्पनीको वित्तीय नतिजा र स्टक बायब्याकको एक स्टेडी ट्र्याक रेकर्डले विश्वव्यापी आर्थिक अनिश्चितताको समयमा लगानीकर्ताहरूका बीचमा सुरक्षित लगानीको विकल्पका रूपमा यसको छविलाई बलियो बनाएको छ । रिफाइनिटिव डाटाका अनुसार, अहिले एप्पलको शेयर अनुमानित आम्दानीको २९ गुणा बढिमा कारोबार भइरहेको छ, जुन २०२२ पछिको उच्च स्तरको हो ।