Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यहि अवस्था रहिरहने हो भने नेपालको टेलिकम सेक्टर कोल्याप्स् हुन्छ


यहि अवस्था रहिरहने हो भने नेपालको टेलिकम सेक्टर कोल्याप्स् हुन्छ

 

काठमाडौं, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालको दुरसञ्चार क्षेत्रको राजस्व गिरावटको अवस्थामा रहेको बताएका छन् ।आइतबार पत्रकारहरुसँगको कुराकानीमा उनले आर्थिक बर्ष २०७४,७५ यता नेपालको दुरसञ्चार सेवाप्रदायकको राजस्व २५ अर्बले घटेको भन्दै यसलाई अनुगमन गर्नुपर्ने समय आएको बताएका हुन्।

नेपालको दूरसञ्चार सेवाप्रदायकको सेवा अनुगमन गर्न ल्याइएको टेलिकम्युनिकेसन मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा ल्याउन खोज्दा प्राधिकरणलाई घेराबन्दीमा पारिएको अध्यक्ष खनाल बताए।प्राधिकरणले ३ अर्ब ११ करोड रुपैयाँ खर्चिएर नेपालको दूरसञ्चार सेवालाई निरिक्षण र अनुगमन गर्न लेबनानको भ्यानराइज सोलुसनलाई उपकरण आयात तथा जडानको ठेक्का दिएको थियो। तर, टेरामोक्समा कल तथा एसएमस ट्यापिङको हल्ला फैलाएर स्वार्थसमुहले सो प्रणाली कार्यान्वयन हुन नदिने चलखेलमा लागेको प्राधिकरणको आरोप छ।

प्राधिकरणका अध्यक्ष खनालले भने ‘आव २०७४,७५ देखि आजसम्म आउदा नेपालको टेलिकम सेक्टरको राजस्व २५ अर्बले घटेको छ। उनका अनुसार २०१७ को जेनवरीदेखि नेपालमा फोरजी सुरु भएको थियो। त्यसपछि नेपालमा ४०० गुणा डेटा उपयोग र टेलिकम कम्पनीहरुले अहिले चार सय गुणा बढी ब्यान्डवीथ खपत गरिरहेको प्राधिकरणको भनाइ छ। नेपालमा आउनुपर्ने टोटल भोल्युम कल देखायो अथवा देखाएन, कतै कल करेर फाइलिङ गर्यो कि यस्ता बिषय म्यान्युअली पत्ता नलाग्ने भएर सो ठगीलाई नियन्त्रण गर्न टेरामोक्स लागू गर्न खोजिएको बताएका छन्।

गत साउनबाट प्राधिकरणले यो प्रविधि कार्यान्वयन गराउन खोजेपनि नेपालको टेलिकम सेवाप्रदायकको असहयोगका कारण लागू गर्न सकेन। अर्को तर्फ प्रधानमन्त्री दहाल र सञ्चार मन्त्री नै टेरामोक्सको बिपक्षमा उभिएका छन।टेरामोक्स उपकरण आयात र ठेक्कामा अनियमितता देखिएको भन्दै अख्तियारले पनि टेरामोक्सको फाइल तानेको छ।  भने प्राधिकरणका दर्जन कर्मचारीको समेत बयान लिएको छ। अख्तियारले शुत्रबार टेरामोक्सको उपकरणको पनि अनुगमन गरेको थियो।उनले टेरामोक्समा हुँदै नभएको फिचरलाई अफवाह फैलाएर टेरामोक्स कार्यान्वयनलाई रोक्न खोजिएको भनाइ छ ।