Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अवैध घरेलु मदिरा उत्पादनको आरोपमा प्रहरी कष्टडीमा पुगेका मानवलाई हर्क साम्पाङको साथ, उपनिर्वाचनले परिचय बदलिदिने खतरा !

उपनिर्वाचन विशेष


अवैध घरेलु मदिरा उत्पादनको आरोपमा प्रहरी कष्टडीमा पुगेका मानवलाई हर्क साम्पाङको साथ, उपनिर्वाचनले परिचय बदलिदिने खतरा !

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्र्तगत कीर्तिपुरको मेयर पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन(मानव)को चर्चा चुलिँदै गएको छ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्चालनमा भिडिओ पोष्ट गर्दै सरसफाई अभियन्ताको परिचय बनाएका मानवलाई उपनिर्वाचनमा सहयोग गर्न आह्वान गरेपछि यस क्षेत्रमा उनको चर्चा थप बढेको हो ।

उनको भिडिओ सार्वजनिक भएपछि मंसिर १६ को स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका महर्जन एक बलिया प्रतिस्पर्धी हुनेमा कुनै आशंका छैन । आफुलाई सरसफाई अभियन्ता र कीर्तिपुरको पर्यटन प्रवद्र्धनमा अभिभावकको नाम दिने गरेका मावनलाई यस पटकको उपनिर्वाचनले परिचय फेरिदिने भने खतरा बढेको छ । उनको कर्मलाई कीर्तिपुरका मतदाताले सम्मान गरे आगामी उपनिर्वाचनबाट उनी नगरप्रमुखका रुपमा परिचय बनाउने छन् । तर, उनको व्यवहार र कार्यशैलीका कारण अहिले यथावत् रहेको परिचय पनि गुम्ने निश्चीत प्रायःछ ।


कीर्तिपुरबाट प्रकाशित एक साप्ताहिक पत्रिका कीर्तिपुर सन्देशमा २०७३ भाद्र १५ गते छापेको समाचार अनुसार प्रहरीले उनलाई अवैध घरेलु मदिरा विक्री वितरणको आरोपमा पक्राउ गरेको थियो । उनले सञ्चालन गरिरहेको ‘नेवाःलहना’ नामको रेष्टुरेन्टमा अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गरेको भन्दै प्रहरीले उनलाई हिरासतमा लिएको थियो । सो समय कीर्तिपुरका स्थानीयको पहलमा उनले उनमुक्ती पाएका थिए ।

कीर्तिपुरमा अहिले पनि अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण हुने गरेको छ । कीर्तिपुर प्रहरीले यसको पटक—पटक विरोध गरेको छ । गत वर्ष पनि विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामत गरेको थियो । त्यहि घरेलु मदिरालाई ब्राण्ड बनाउने भन्दै उनले काठमाडौंका विभिन्न स्थानमा ‘नेवाः लहना’ रेष्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् ।


स्थानीय तह उपनिर्वाचनमा उनैको चर्चा अरु दलका उम्मेदवार भन्दा बढी भइरहेको छ । मेयर साम्पाङ र कीर्तिपुरका केहि बुद्धिजिवीको समर्थन पाएका महर्जनले आफुलाई बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरिरहँदा उनको विगत र वर्तमान भने बुझि नसक्नु छ । एमाले समर्थक उनी एक्कासी स्वतन्त्र उम्मेदवारका रुपमा आएपछि कीर्तिपुरका एमालेको मनमा अहिले चिसो पसेको छ । तर, उनी बलिया प्रतिस्पर्थी नहुने एक स्थानीयले बताए ।


आफुले उत्पादन गरेको अवैध घरेलु मदिरा वैध मान्ने तर, अन्यको अवैध करार गर्ने गरेको भन्दै कीर्तिपुरकै कयौं पर्यटन व्यवसायी, स्थानीय उनीसँग रुष्ट छन् । महर्जनले आफ्नो व्यवसायलाई फैलाउँदै कीर्तिपुरसँगै काठमाडौंको टोखा, कमलपोखरीमा पनि ‘नेवाःलहना’ नामको रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । त्यहाँको मूख्य आर्कषण पनि घरेलु मदिरा नै हो । घरेलु मदिरालाई नेपालको कानुनले अवैध ठहर गर्दै आइरहेको छ । कानुनले नदिएको विषय र विधीको शासन मान्दिन भन्नेले कीर्तिपुरको विकास कसरी गर्छ ? एक स्थानीयले भने ।


त्यस्तै, सरसफाईका नाममा नगरपालिका, संघसंस्था तथा दातृ निकायबाट प्राप्त हुने अनुदानमा पनि महर्जनकै दवदवा हुने गरेको कयौंको गुनासो छ । कीर्तिपुर क्षेत्रको पर्यटन प्रर्वद्धनकालागि उपलव्ध हुने सहयोग पनि उनले नै एकलौटी प्रयोग गर्ने गरेको आरोप छ । अहिले स्थानीय तह निर्वाचनका लागि कीर्तिपुरलाई महत्वपूर्ण रुपमा हेरिएको छ । दलहरुको आफ्नो साख जोगाउने दाउमा रहँदा स्वतन्त्र उम्मेदवारले अनेकौं सपना देखाइरहेका छन् ।

कीर्तिपुरको विकास र यहाँको स्थानीय बासिन्दाको आवश्यकता तथा नीतिगत भ्रष्टाचारको विरुद्धमा कडा रुपमा उभिने अब कस्तो खालको नेतृत्व आउला ? भन्ने अधिकांशको मनमा लागिरहेको छ । तर, व्यक्तिगत स्वार्थमा चुनावमा होमिएका केहि स्वतन्त्र उम्मेदवारले यहाँका स्थानीयलाई भ्रममा पारिरहेको एक मतदाताले बताए । उनले भने, ‘अब बन्ने मेयर दुई वर्षका लागि हो, व्यक्तिगत स्वार्थमा नअल्झीए विकास होला होइन भने, पहिलेकै अबस्थामा रहने हो’ ।


अहिले अन्य स्वतन्त्र उम्मेदवार भन्दा महर्जन थप चर्चामा छन् । तर, एउटा कुरा हेक्का रहोस्, कीर्तिपुरको विकासका लागि न धरानका मेयर हर्क साम्पाङको भूमिका महत्वुपूर्ण हुन्छ, न काठमाडौंका मेयर बालेन शाहकै । कीर्तिपुरको विकासका लागि कीर्तिपुरकै जनप्रतिनिधि गम्भीर र सचेत हुन आवश्यक छ । अहिले स्वतन्त्र उम्मेदवारका नाममा चलिरहेको हावा मतदातालाई भ्रम छर्ने मात्रै हो ।

सरसफाई अभियन्ताको परिचय बनाएका महर्जनले एउटा काम भने, राम्र्रै गरेका थिए । उनले विश्व सरसफाई अभियान तथा देशका विभिन्न स्थानमा सरसफाई गरि कीर्तिपुर र आफ्नो पहिचानलाई विश्वमाझ चिनाएकै हुन । तर, सरसफाई अभियान चलाउनु र चुनाव जित्नु फरक कुरा हो । मानवको उम्मेदवारीले कीर्तिपुरमा एउटा राजनीतिक हलचल ल्याएपनि परिणाम भने नदिने कतिको भनाई छ । जे होस्, सरसफाईकालागि ‘कुँचो’लाई आफ्नो हतियार ठान्ने महर्जनले यस पटक कीर्तिपुरको राजनीतिलाई कसरी सफा गर्छन्, त्यो भने आगामी निर्वाचनको मत परिणामले देखाउने छ ।