काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री तथा उत्पादन बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै उत्पादन र ढुवानी समेत रोक्ने निर्णय गरिएको प्रेस विज्ञप्ती जारी गर्दै महासंघका अध्यक्ष सिताराम न्यौपानेले जानकारी दिएका छन् ।