कैलाली । धनगढीमा बुधबारदेखि ‘हार्डवेयर एक्स्पो–२०८०’ सुरु भएको भएको छ । कैलाली हार्डवेयर व्यवसायी संघद्वारा सञ्चालन गरिएको एक्स्पोमा हार्डवेयर सामग्री उत्पादक कम्पनी सहभागी भएका छन् । उनीहरुले आ–आफ्ना स्टल राखिएका छन् ।
हार्डवेयर व्यवसायी संघ कैलालीका अध्यक्ष कुवेरबहादुर शाहीले एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल निर्माण गरिएको बताए । एक्स्पो अवलोकनकर्ताले निर्माण सामग्रीलगायत हार्डवेयरसँग सम्बन्धित सम्पूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो ।
त्यसका लागि उपभोक्ताहरुले रेट र गुणस्तरीयताबारे जानकारी पाउने छन् । पाँच दिनसम्म सञ्चालन हुने एक्स्पो कैलाली हार्डवेयर व्यवसायी महासंघले सञ्चालन गरेको तेस्रो संस्करण हो । बुधबार एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन् गरेका छन् । मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको लगानी आवश्यक भएको बताए ।