Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय


संसद्को गतिरोध हटाउन पहल गर्ने  गठबन्धनको निर्णय

काठमाडौं,श्रावण ३१ । सत्ता गठबन्धनले संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग संवाद गर्ने निर्णय गरेको हो ।

बुधबार बिहान प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यसक्रममा सदन सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

भेटबारे प्रधानमन्त्रीको सचिवालयले भनेको छ, संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । त्रिभुवन विमानस्थलबाट समातिएको सुन प्रकरणपछि त्यसबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।