Saturday, June 28, 2025

२०८२ असार १४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, यो वर्ष सगरमाथा आरोहणकालागि ४१४ जनाको अनुमति


अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, यो वर्ष सगरमाथा आरोहणकालागि ४१४ जनाको अनुमति

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

मानव र सगरमाथा बिचको सामीप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा: नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो ।

नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रूपमै दिवसका रूपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरूले आजको दिनलाई विशेष मान्छन्। सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए।

त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दो छ । पर्यटन विभागले यो वर्ष (२४ वैशाख) सम्म वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएको जनाएको छ ।

अघिल्लो वर्ष भने हालसम्मकै सर्वाधिक ४७८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ ।