काठमाडौँ । भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ को क्षेत्रफल ०–२–० र बाँकेस्थित कोहलपुरको क्षेत्रफल ०–२–१७ को जग्गा कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्का तथा संचालक समितिका सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापालगायतका विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा रुपैयाँ हानिनोक्सानी पु¥याएको अख्तियारको ठहर छ । ‘निजहरू जयकुमार खडका, आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र अमर थापालाई सुर्खेत र कोहलपुर दुवै स्थानको जग्गा बिक्रीबापत् संस्थालाई नोक्सानी पु¥याएको बिगो रु.४,०४,२४,१८१.२० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड –झ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।’
यस्तै, गीताकुमारी शाहीले बोलपत्रमा अरुको नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानिनोक्सानी पु¥याएको पुष्टि भएको भन्दै सोही बमोजिम मागदाबी लिएको छ ।