Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दराज नेपालले ग¥यो नयाँ उद्यम ‘दराज लाइक न्यु’को घोषणा


दराज नेपालले ग¥यो नयाँ उद्यम ‘दराज लाइक न्यु’को घोषणा

काठमाडौं । नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यू (डीएलएन)को घोषणा गरेको छ । दराजले भदौ १९ गते काठमाडौंको ह्यात प्लेसमा आयोजित कार्यक्रमका बीच डीएलएनको सुरुआत गरेको हो ।

बजारमा डीएलएनको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल ध्येयका साथ यो नयाँ उद्यम सुरूआत गरिएको दराजले जनाएको छ ।

प्रयोग गरिएका फोनहरू बिक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँछ । यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ।

दराज लाइक न्यूले बजारमा नयाँ परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ । यस पहलले ग्राहकहरूलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने निश्चित देखिने कम्पनीको विश्वास छ ।