काठमाडौं । दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् ।
यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।