Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एकिकृत समाजवादीले बजेटमा मतदान गर्ने


एकिकृत समाजवादीले बजेटमा मतदान गर्ने

काठमाडौं,१३ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्नका लागि ‘ह्वीप’ जारी गरेको छ । एकीकृत समाजवादीका मुख्य सचेतक मेटमणि चौधरीले बजेटका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप लगाइएको जानकारी दिए ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयलगायतको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको छ ।

एकीकृत समाजवादी पार्टीका मुख्य सचेतक चौधरीले संसदीय दलको बुधबार बिहान बसेको बैठकले बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाइएको जानकारी दिए । बजेट विनियोजन असन्तुलित भएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक मञ्चमा र उपाध्यक्ष रारेन्द्र पाण्डेले संसद्को रोस्ट्रमबाटै बजेटको विरोध गरेका थिए ।

उपाध्यक्ष पाण्डेले बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री दाहालसँग बजेटका विषयमा छलफल गरेपछि पक्षमा मतदान गर्न एकीकृत समाजवादी तयार भएको बताइएको छ ।