Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

धितोपत्र ब्रोकर एसोसियसनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डद्वारा सम्मानित


धितोपत्र ब्रोकर एसोसियसनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्डद्वारा सम्मानित

काठमाडौं,धितोपत्र ब्रोकर एसोसियसनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरप्रेनियर्स अवार्डद्वारा सम्मानित भएका छन्।युवा उद्यमशिलताद्वारा कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएबापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’अन्तर्गतको ‘योङ ईन्टरप्रेनियर्स अवार्ड’ प्रदान गरिएको हो। सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री दाहालले विशेष सम्मानसहित उक्त अवार्ड प्रदान गरेका हुन्।युवा उद्यमी ढकाल, व्यवसायीक तथा सामाजिक क्षेत्रमा सक्रिय छन्।

उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ। ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन्। उनकै पहलमा १६ वर्षपछि पहिलोपटक नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउन सफल भएका थिए। उनी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमका केन्द्रीय सदस्यसमेत हुन्।

ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तिर्ण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानूनशास्त्रमा स्नातक गरेका छन्। कानून व्यवसायी समेत रहेका ढकाल पाटन उच्च बारका कार्य समिति सदस्य समेत हुन्। हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधी गरिरहेका छन्।अवार्ड प्राप्त गरेपश्चात ढकालले आफूलाई अझ बढि जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशिलताको विकास, नेपालको पूँजीवजारको सुधार र सुदृढीकरणका लागि थप सक्रिय रहन प्रेरणा मिलेको बताएका छन्।