Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोराही सिमेन्टको ३ करोड ९७ लाख सहित ३ कम्पनीको आइपीओ सूचीकृत


घोराही सिमेन्टको ३ करोड ९७ लाख सहित ३ कम्पनीको आइपीओ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ ।

घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६।६१ रुपैयाँदेखि ६७९।८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ ।

घोराहीको सेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ । यस्तै, थ्रीस्टार हाइड्रोपावरको पनि कुल ४९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८५।६५ रुपैयाँदेखि २५६।९५ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘टीएसएचएल’ संकेत दिएको छ ।

उता, अप्पर स्याङ्गे हाइड्रोपावरको पनि कुल २२ लाख कित्ता सेयर बिहीबार सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८४।५४ रुपैयाँदेखि २५३।६२ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘युएसएचएल’ संकेत दिएको छ । यी ३ वटै कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुनेछ । तोकिएको ओपनिङ रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबार मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु हुनेछ ।