Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

भूकम्पपीडितका लागी एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको घोषणा


भूकम्पपीडितका लागी एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको घोषणा

देउखुरी । जाजरकोटको भूकम्पका पीडितहरुलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरुप कर्णाली प्रदेश सरकारलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको दाङको तुल्सीपुरमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु गएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितका लागि राहत आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको हो । शुक्रबार बिहानै लुम्बिनीका मुख्यमन्त्री चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल गरी दाङका मेडिकल सुपरिटेन्डेट डा। पदमराज अधिकारीको नेतृत्वका २० जना स्वास्थ्यकर्मी र औषधि सहितको टोली जाजगरको र रुकुमका लागि पठाएका थिए ।

लुम्बिनीको गृहमन्त्री सन्तोषकुमार पाण्ड्येको नेतृत्वका स्वास्थ्यकर्मी र औषधि सामग्री सहितको टोली भूकम्पग्रस्त क्षेत्रमा पठाई सहयोग र समन्यव गर्ने बैठकले निर्णय गरेको छ । साथै लुम्बिनी प्रदेश सरकारको तर्फबाट तत्कालीन चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधोपचार, सामग्री, खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराई विपदको आपतकालीन अवस्थामा सहयोग गर्ने र यस कार्यमा प्रदेशका सम्बद्ध निकाय मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा परिचालन गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव सुमन घिमिरेले जानकारी दिए ।

भूकम्पबाट लुम्बिनी प्रदेशको रुकुमपूर्व लगायतका जिल्लामा भएको धनजनको क्षतिको विवरण लिन प्रदेश गृह मन्त्रालयले टोली खटाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रतिवेदन लिई उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउने निर्णय भएको घिमिरेले बताए ।