काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म नेपालको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ थियो । भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी भारतसँग ३ खर्ब ५२ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार घाटा छ । यस्तै चालू वर्षको साउनदेखि मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । गत आर्थिक वर्ष साउनदेखि मंसिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरिएको थियो भने सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख मूलय बराबरको वस्तु निर्यात गरिएको भन्सार विभागको तथ्यांक छ । गत वर्ष सोही अविधमा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।