Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकाद्धारा चिनियाँ सामान आयात ५० प्रतिशतले घट्यो


अमेरिकाद्धारा चिनियाँ सामान आयात ५० प्रतिशतले घट्यो

एजेन्सी । पछिल्लो समय बढ्दो तनावका कारण अमेरिकाले चिनियाँ सामानको आयात घटाएको छ । हालै सार्वजनिक भएको तथ्यांक अनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ ।

परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् ।

यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ । भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनप्रति पनि अमेरिकी उपभोक्ता आकर्षित भएका छन् ।

चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्यांक प्रयोग गर्ने किर्नीको रिसोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामान थियो ।