Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी संस्था चलाएर देखाउन सहकारीकर्मीलाई मन्त्री अधिकारीको आग्रह


सहकारी संस्था चलाएर देखाउन सहकारीकर्मीलाई मन्त्री अधिकारीको आग्रह

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्था चाहिदैन भन्नेलाई सहकारी संस्था चलाएर देखाउन आग्रह गरेका छन् । सहकारी क्षेत्रका विषयमा फिँजाइएको हल्ला मिथ्यामात्र रहेको भन्दै काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ वार्षिक साधारण सभामा सहकारी चाहिँदैन भन्नेहरूलाई चुनौती दिन आग्रह गरे ।

सहकारी संस्था जनताको रहेको भन्दै जनतालेनै चलाउनु पर्ने बताए । उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए । सबैले सरकारको मुख ताक्ने मात्र नभई आ—आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनले बताए ।