राष्ट्रिय सहकारी महासंघले सरकार विरुद्ध सुरु गरेको चरणवद्ध आन्दोलन स्थगित गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार आज संघीय सहकारी विभाग र साथै प्रदेशको सहकारी महाशाखामा रिले अनसनको कार्यक्रम थियो । तर, महासंघले एक प्रेस विज्ञप्ति जारी जारी गर्दै आन्दोनको कार्यक्रम स्थगित गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जेठ २१ गतेदेखि गर्ने भनिएका सम्पूर्ण दबाबमूलक कार्यक्रमहरु विशेष कारणवश स्थगित गरिएको छ । साथै माग पुरा गराउनका लागि तुरुन्त दवावमूलक कार्यक्रमहरुलाई निरन्तरता दिईने विज्ञप्तीमा भनिएको छ ।