काठमाडौं । भारतको ओडिशामा गत शुक्रबार भएको रेल दुर्घटनामा तीन जना नेपालीको निधन भएको आशंका गरिएको छ । दुर्घटनामा एक जना भने घाइते भएका छन् । ओडिशा टिभीको रिपोर्टअनुसार अहिलेसम्म चारजना नेपाली नागरिक रेल दुर्घटनामा परेको जनाइएको हो ।
त्यसमध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते अवस्थामा उपचाररत छन् । कटकको एससीबी मेडिकल कलेजमा १५ वर्षीय बालकको उपचार चलिरहेको छ । उनको नाम रामानन्द पासवान बताइएको छ ।
उनको खोजीमा पर्सा जिल्लाबाट आएका उनका बुवा हरि पासवानसँग रामानन्दको भेट भइसकेको बताइएको छ । रामानन्द आफ्ना अन्य तीनजना आफन्तहरूसँग कामको खोजीका लागि ओडिशा पुगेका थिए ।
उनको साथमा रहेका तीन जनाको निधन भइसकेको उल्लेख छ । दुर्घटनामा नेपालीको मृत्यु भएकोबारे भारत सरकारले पुष्टी गरेको छैन । तस्बिर ः ओडिशाटीभीडटआईएन