Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारितः अध्यक्ष यादव


बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारितः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि टिप्पणी गर्दै उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको भन्दै बजेट संविधानले परिकल्पना गरे अनुरूपको समाजवादउन्मुख नभएको तर्क गरे ।

बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव रहेको भन्दै अध्यक्ष यादवले भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको दावी गरे ।