Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

करेन्टले ट्रेडमार्क चोरेको वाइवाइको आरोप, यशोदामाथि मुद्दा


करेन्टले ट्रेडमार्क चोरेको वाइवाइको आरोप, यशोदामाथि मुद्दा

काठमाडौं । वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क चोरेको आरोप लगाएको छ । सिजी कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन गरेको भन्दै तत्काल यशोदा फुड्सलाई कारवाहीको मुद्दा हालेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सीजी फुड्सले करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२, को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि मुद्दा दायर गरिसकेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो । चार दशकदेखि यो ग्राहकको पहिलो रोजाईमा रहँदै आएको छ ।

यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि ¥यापर प्रयोग गरिएको छ । करेन्ट चाउचाउले आफूलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको   हो ।’गत वर्ष नै दायर गरिएको यो मुद्दा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको थियो ।

पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न नहुने प्रावधान रहेको छ । उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरिएको अवस्थामा ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रूपैयाँसम्म जरिवाना र सबै मालसामान बजारबाट जफत हुने व्यवस्था छ ।