Monday, June 16, 2025

२०८२ असार २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २० अंकले घटेर १८ सय विन्दुमा


साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक  २० अंकले घटेर १८ सय विन्दुमा

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से हिजो अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको थियो। यस दिन पुनः नेप्सेले गिरावटलाई निरन्तरता दिएको हो। बिहीबार नेप्से परिसूचक २०.१६ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९२ स्टकको ६२ हजार ४६ पटकको कारोबारमा १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको ७५ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। भगवती र मिड सोलु यसै दिनदेखि कारोबारमा आएका कम्पनी हुन्। यस दिन एनआईबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिटि होटलको मूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १६ करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।