Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजार लगातार तेस्रो कारोबार दिन दोहोरो अङ्कले घट्यो


शेयर बजार लगातार तेस्रो कारोबार दिन दोहोरो अङ्कले घट्यो

काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८७ अङ्कले घटेर २ हजार ६ सय ३४ दशमलव २३ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जीवन बीमा र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा होटल र व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

गएको आइतवार १० अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड १८ लाख कित्ता शेयर ९ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।