Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर करार टिकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएका टोलीले राईलाई सेवाग्राहीबाट लिएको ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतोमा निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अनुसन्धानबाट पुष्टि भएको सहायक प्रवक्ता थपलियाले जानकारी दिए।

राई र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बममोजिनको कसुरमा बिगो ८० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुने विज्ञप्तिमा उल्लेख छ ।