Sunday, October 12, 2025

२०८२ आश्विन २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

व्यवसायी अरुण चौधरी लगायत तीन जनालाई अनुसन्धान नसकिए स्वतः रिहा हुने आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा


व्यवसायी अरुण चौधरी लगायत तीन जनालाई अनुसन्धान नसकिए स्वतः रिहा हुने आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पिएन फुटवेरका नाममा सारी गैरकानुनी लाभ लिएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीको म्याद थपका विषयमा उनले दिनभर बहस गराएर दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने आदेश दिएका थिए । म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएका चौधरीका विषयमा अन्तरिमजस्तै आदेश दिइएको थियो । त्यसपछि न्यायाधीश आचार्यबारे प्रश्न उठाइएको थियो । न्याय प्रशासनको नेतृत्वकर्ता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार (हिजो) उनलाई मुगु काज सरुवा गरिदिएका स्रोतले जनाएको छ ।