काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला १लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा १ सय रुपैयाँ बढी हो।अघिल्लो दिन प्रतितोलामा १ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार तीन सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। बुधबार चाँदी प्रतितोला १ हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।