एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यही महिना अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफ सँग ऋण प्राप्तिका लागि सम्झौता हुनेमा आशा व्यक्त गरेपनि अहिलेसम्म सो विषयले टुंगो पाउन सकेको छैन । बढ्दो ऋणका कारण आर्थिक संकट भोगिरहेको पाकिस्तानले आईएमएफसँग सहयोगका लागि पहल गर्दै आएको छ । ‘आईएमएफको सर्त र मापदण्डअनुसार हामीले यही महिना सहयोग पाउने आशा गरेका छौं,’ उनले थिए । पाकिस्तानले तत्काल १.१ अर्ब अमेरिकी सहयोगको अपेक्षा राखेको छ, जुन आईएमएफ र पाकिस्तानबीच सन् २०१९ मा भएको सहयोग सम्झौताको एउटा किस्ता हो । पाकिस्तानले गत वर्षको अगस्टमा उक्त कार्यक्रमको पहिलो किस्ता मात्र प्राप्त गरेको छ ।
पाकिस्तानलाई आईएमएफ सँग ऋण पाउने अपेक्षा अधुरै हुने सम्भावना