Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नौ महिनामा ११ खर्ब ६७ अर्बको आयात, निर्यात भने सवा खर्ब मात्र


नौ महिनामा ११ खर्ब ६७ अर्बको आयात,  निर्यात भने सवा खर्ब मात्र

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँ बराबर आयात भएको छ ।


यस्तै नौ महिनासम्मको अवधिमा मुलुकबाट १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको हो । ०७९ चैतसम्ममा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

 

आयात र निर्यात घटेपछि मुलुकको कुल ब्यापार घाटा पनि २.९२ प्रतिशतले घटेर कुल १० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ब्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा कुल १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कुल वैदेशिक ब्यापार भएको थियो ।